+
+

नाकाबन्दी गर्नु अपराधः उपप्रधानमन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २९ गते २०:५२

२९ कात्तिक, हेटौंडा । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नेपालमाथि नाकाबन्दी गरेर भारतले अपराध गरेको बताएका छन् ।

Kamal-Thapaआफ्नो सम्मानमा मकवानपुर उद्योग वाणिज्य सङ्घद्ले गरेको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै थापाले विनाकारण नेपाली जनतामा भारत सरकारले प्रतिशोध राख्दै सीमामा नाकाबन्दी गर्नु कूटनीतिक हस्तक्षेप भएको बताए ।

लामो समयदेखि भारतमा मात्रै एकतर्फी पारवहन सन्धि गर्नाले अहिले नेपालीमा धोका भोग्नुपरेको भन्दै उनले अब सरकारले विभिन्न राष्ट्रमा पारवहन सुविधाको सन्धि गरेर समस्त नेपालीलाई अब छिट्टै नाकाबन्दीबाट मुक्त पार्न सरकारले नयाँ कदम चाल्न लागेको बताए ।

उनले तराई केन्द्रित दलहरुले आफ्नो दलगत स्वार्थ त्यागेर पूरा गर्न सकिने मागलाई राजनीतिक सहमतिका माध्यमबाट पुरा गर्न सरकार तत्पर रहेको समेत बनाए ।

राप्रपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले आफ्नो दल राप्रपा नेपालको सैद्धान्तिक पक्ष र आदर्शलाई कुनै आँच नपुर्याई राष्ट्रमा प्रजातान्त्रिक र राष्ट्रियतालाई बलियो तुल्याउन पार्टी सरकारमा प्रवेश गरेको बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?