पछिल्लो दुई संस्करणको सफलतापछि आफ्नो छुट्टै पहिचान कायम गर्न सफल सुन्दर र रिफ्रेसिङ्ग प्रतियोगीहरुका साथ ‘लिरिल फ्रेस फेस’ फेरि दर्शकमाझ आएको छ ।
यो प्रतियोगितालाई यूवतीहरुको आफ्नो प्रतिभा प्रस्फुटन गर्ने माध्यमको रुपमा लिइदै आइएको छ ।
एसएमएस रेजिष्ट्रेसनद्वारा प्राप्त सयौं इन्ट्रीहरुमध्ये कठोर र चुनौतीपूर्ण छनोट प्रक्रिया पार गर्न केही प्रतियोगीमात्र सफल भएका छन् । छनोट प्रक्रियामा आर्ट फोटोग्राफर किशोर कायस्थ, फेसन डिजाइनर नुजतकाजी र फ्यासन कोरियोग्राफर प्रशान्त ताम्राकार मुल्यांकनकर्तामा थिए ।
यो प्रतियोगिताका प्रत्येक भाग कान्तिपुर टेलिभिजनमा कातिक २२ गते देखि प्रसारण सुरु भएको छ । प्रतियोगीहरुको रिफ्रेसिङ्ग यात्रा हेर्न तथा टप टेन बन्नको-को सफल भए जान्नको लागि दर्शकले कान्तिपुर टेलिभिजनमा आइतबार साँझ ७ः३० बजे र पुनः प्रसारण सोमबार र शनिबार दिउँसो १ः३० बजे हेर्न सक्नेछन् ।
थप जानकारीका लागि Lsfnfluwww.facebook.com/lirilfreshlog on गर्नुहोस् ।
प्रतिक्रिया 4