+
+

मधेसलाई मनाउन प्रचण्ड अघि सरे

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते ११:४९

Prachanda

३० कात्तिक, काठमाडौं । मधेस आन्दोलनलाई सम्बोधनको प्रयासमा उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रियता बढाएका छन् ।

प्रचण्डले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् । बालुवाटारमा भएको बैठकमा मधेसी मोर्चाले उठाएको सीमांकनको मागलाई सम्बोधन गर्ने विकल्पबारे छलफल भएको छ ।

प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरसँग भने- उहाँ (प्रचण्ड)ले सीमांकनमा केही विकल्प अघि सार्नुभएको छ, यसमा प्रधानमन्त्री सहमत देखिनुभएको छ ।’

खड्काका अनुसार प्रचण्डले आजै मधेसी मोर्चाका नेताहरुसँग पनि छलफल गर्ने तयारी गरेका छन् ।

प्रमुख दलका शीर्षनेता र मधेसी मोर्चाबीच भएको वार्तामा पनि प्रचण्डले दुई विकल्प प्रस्तुत गरेका थिए ।

प्रमुख दलका शीर्षनेताहरुको राजनीतिक समिति बनाएर सीमांकनको विवाद टुंग्याउने प्रचण्डको प्रस्ताव छ । यसमा कांग्रेस र एमाले सकारात्मक छन् । तर, मधेसी मोर्चाले उधारो सहमति स्वीकार्य नहुने बताएको छ ।

प्रचण्डको दोस्रो विकल्प तराई मधेसका विवादित जिल्लाहरु विभाजन गर्ने छ । तर, यो एमाओवादीको प्रस्तावमा कांग्रेस र एमालेेले सहमति जनाएको छैन र खासगरी प्रधानमन्त्री ओली स्वयंमसहित एमाले नेताहरु अहिले नै प्रदेशहरुको सीमांकन चलाउने पक्षमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?