+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

साझा बसले थानकोट र बुढानीलकण्ठसम्म सेवा दिने

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते १४:१६

Sajha-Yatyat३० कात्तिक, काठमाडौं । साझा यातायातले आफ्ना चारवटा बसको रुट परिवर्तन गरेको छ ।यात्रुहरुको सुविधालाई ध्यानमा राखेर साझाले थानकोट र बुढानिलकण्ठसम्म सेवा दिने गरी रुट परिवर्तन गरेको हो ।

यसअघि लगनखेलदेखि नयाँ बसपार्क जाने रुटमा चलिरहेका १० मध्ये २ वटा बसले अब बुढानीलकण्ठका यात्रुलाई सेवा दिनेछन् ।

यसैगरी एयरपोर्टबाट कलंकी हुँदै स्वयम्भु जानेमध्ये २ वटा बसले थानकोटका त्रिभुवनपार्कसम्म सुविधा दिन सुरु गरेको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

सेवा बिस्तारबाट बुढानिलकण्ठ र थानकोट क्षेत्रका यात्रुले लाभ लिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?