+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

नवलपरासीका उत्कृष्ट चार किसानलाई मेसिन अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते ९:३५

१३ मंसिर । नवलपरासीका उत्कृष्ट चारजना दुग्धको कारोबार गर्ने किसानलाई दूध दुहुन प्रयोग हुने मेसिन प्रदान गरिएको छ ।

पशुसेवा विभागबाट प्राप्त भएका चारवटा दूध दुहुन प्रयोग हुने मेसिन किसानलाई वितरण गरिएको पशुसेवा कार्यालयका प्रमुख डा. शंकर शाहले बताए ।

सो मेसिन प्राप्त गर्ने किसानहरुमा गोपाल श्रेष्ठ, दधीराम सुवेदी, पदम ढकाल, होमनाथ कँडेल रहेका छन् ।

विशेष गरी नवलपरासीको मुकुन्दपुर क्षेत्र दुग्ध उत्पादनका लागि नेपालमै नमुना मानिन्छ ।

जिल्लामा दूधको सङ्कलन र बिक्री गर्ने कारोबार गर्ने ७२ वटा ठूला संस्था रहेका छन् । नवलपरासीमा वार्षिक ६३ हजार मेट्रिक टन दूध उत्पादन हुँदै आएको छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?