धनवीर पुन मगर
२१ मंसिर, नयाँदिल्ली । नेपालमा भारतले गरेको नाकाबन्दीको विरोधमा नयाँदिल्लीस्थित नेपालीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र बुझाएका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ भारत, अखिल भारत नेपाली एकता मञ्च (एमाओवादी), अखिल भारत नेपाली एकता मञ्च (वैद्य)को संयुक्त प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाउँदै नाकाबन्दी फिर्ता लिन माग गरेका छन् ।
प्रतिनिधि मण्डलमा मूल प्रवाहका महासचिव खगेश्वर शर्मा, उपाध्यक्ष कपिल खनाल, सदस्य ठाकुर खनाल, एकता मञ्चका लक्ष्मण पन्त, इश्वरी भण्डारी, प्रवासी नेपाली संघ भारतका अध्यक्ष लक्ष्मण भण्डारी लगायत सहभागी थिए ।
प्रतिनिधि मण्डलका सदस्य ठाकुर खनालका अनुसार मोदीले भेट नदिएपछि टोलीले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो । सोही प्रतिनिधि मण्डलको संयुक्त आयोजनामा नै आइतबार जन्तर मन्तरमा वृहत प्रदर्शन गरिएको थियो । ज्ञापन पत्रमा प्रवासी नेपालीहरुले नेपाल राष्ट्र र नेपाली जनताका समस्यालाई लिएर लगातार संघर्षरत रहेको बताए ।
प्रतिक्रिया 4