+
+

सीमा अवरोध कायम रहे नेपालमा गम्भीर मानवीय संकट आउने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २६ गते १७:१६

२६ मंसिर, काठमाडौं । नेपालमा भारतसँगको सिमानामा जारी अवरोध कायमै रहेर आधारभुत खाद्यपदार्थको मूल्यवृद्धि नरोकिएमा गम्भीर मानवीय संकट आउने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ ।

WFPराष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपीले एक विज्ञप्ती जारी गर्दै व्यापारमा अवरोध कायमै रहे र खाद्यान्नको मूल्य वृद्धि भइरहे नेपालमा गम्भीर मानवीय संकट रोक्न गाह्रो पर्ने बताएको हो ।

डब्लुएफपीका एसिया तथा प्यासिफिक क्षेत्रका क्षेत्रिय निर्देशक डेभिड काट्रुडले भनेका छन्ः खाद्यान्नको भाउ आफ्नो काबुभन्दा बाहिर आकासिएसँगै मानिसहरुले आफ्ना परिवार पाल्नका लागि पनि संघर्ष गर्नुपरेको छ । भूकम्पको लगत्तै आएको यो संकटले नेपालमा कुपोषण बढाउन सक्छ ।’

भारतबाट हुने आयातमा अत्यधिक भर परेको नेपालका लागि भारतीय सिमानामा भएकेा अवरोधले चामल, तेल, दाल, चिनी तथा नुन जस्ता अत्यावश्यक सामानको भाउ ३० प्रतिशत भन्दा बढिले आकासिएको र भाउ अझै बढ्नसक्ने विश्व खाद्य कार्यक्रमले बताएको छ ।

डब्लुएफपीले दैनिक गुजारा गर्नका लागि समेत संघर्ष गर्नुपर्ने नेपालीलाई राजनीतिक संकटको भारी नबोकाउन र सिमानाबाट खाद्यान्नको स्वतन्त्र प्रवाहलाई नरोक्न पनि सबै पक्षसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?