+
+
Shares

कसले जित्ला मिस पोखराको उपाधि ?

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १२:२४

miss-pokhara

पोखरा । तीन वटा अडिसनबाट छानिएर आएका २० जना युवतीहरु यतिबेला प्रशिक्षणमा सहभागी भैरहेका छन् । मिस पोखराको आयोजक संस्था पोखरा जेसिजले सहभागी युवतीहरुका लागि नेतृत्व र व्यक्तित्व विकासको बारेमा प्रशिक्षण दिइरहेको छ ।

यो पटक मिस पोखराको इभेन्ट म्यानेजमेन्टको जिम्मा ‘इभेन्ट्स फर यू’ले लिएको छ । ‘व्यवस्थापनको हिसाबले हामीले मिस पोखराको यो सँस्करणलाई निकै उत्कृष्ट तवरले अगाडि बढाईराखेका छौँ ।’ ईभेन्ट्स फर यूका अध्यक्ष विशाल गुरुङले भने-‘मिस पोखराको उचाईलाई अझै गरिमामय बनाउने कुरामा हामी दृढ छौँ ।

मिस पोखराको सातौँ सँस्करणको विजेताले पुरस्कार स्वरुप पचास हजार नगद, एउटा स्कुटर र गोल्डेन क्राउन प्राप्त गर्नेछिन् । पोखराको हकमा सुन्दरी प्रतियोगिताको विजेतालाई गोल्डेन क्राउन पहिराउन लागिएको यो पहिलो पटक हो । त्यस्तै प्रतियोगिताको फस्ट रनर अपले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअपले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मिस पोखराको विजेताले विभिन्न खाले अवसरसँगै सोझै मिस नेपालमा सहभागिता समेत जनाउन पाउनेछिन् ।

मिस पोखराको सातौँ सँस्करणको लागि २३ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । ईभेन्टबाट करिब २७ लाख रुपैयाँ आम्दानी गर्ने उसले लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?