+
+

पोर्न फिल्म खेलेकोमा पश्चाताप छैन सन्नीलाई

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २९ गते ९:००

Sunny-Leoneमुम्बई । पोर्नस्टार तथा वलिउड नायिका सन्नी लियोनीमाथि बनेको वृत्तचित्र विश्वभर रिलिजको तयारीमा छ । यस वृत्तचित्रको अवधि पनि फिचर फिल्म बराबरकै छ । जुन वृत्तचित्रमार्फत सन्नीको अतितको केही राज खुल्ने भएको छ ।

पत्रकार दीलिप मेहताले बनाएको यो वृत्तचित्र एउटा यस्ती महिलाको कथा हो । जो आफ्नो विगतको विषयमा पटक्कै पश्चाताप गर्दिनन् ।

सनीको जन्म १३ मे १९८१ मा क्यानडाको पञ्जाबी सिख परिवारमा भएको थियो । उनको असली नाम करनजीत कौर हो । एडल्ट करिअर सुरु गरेपछि आफ्नो नाम सन्नी राखेकी थिइन् । सन्नीको पछाडीको लियोनी टाइटल पेन्टहाउस म्यागजीनका पूर्व मालिक बोब गुसियोनको नामवाट सापटी लिएकी थिईन् ।

सानो छँदा उनी केटाहरुको साथ हक्कि खेल्थिन् । पब्लिक स्कुल उनको लागि खतरा हुनसक्ने महसुस् गर्दै परिवारले उनलाई क्याथोलिक स्कुल भर्ना गराएको थियो ।

sunny-1

पोर्न फिल्म खेल्नु अघि सन्नी एक जर्मन बेकरीमा काम गर्थिन् । सन २०११ मा उनले डेनियल वेबरसँग विवाह गरेकी थिइन् भने उनका श्रीमान पनि अभिनयमा आउँदैछन् । उनको पहिलो हिन्दी फिल्म ‘डेन्जरस हुस्न’ अझै प्रदर्शन भएको छैन ।

बिगबोसवाट बलिउडको यात्रा

कलर्स च्यानलको विवादास्पद रियालिटी सो ‘बिग बोस’ को पाँचौ सिजनमा सहभागी भएपछि उनको बलिउड प्रवेश गर्ने बाटो खुलेको थियो ।

सो मा अतिथी बनेर आएका निर्देशक महेश भट्टले उनलाई कार्यक्रममै नयाँ फिल्मका लागि प्रस्ताव गरे । हिन्दी फिल्म ‘जिस्म-२’ वाट उनले अभिनय सुरु गरिन् तर, पहिलो फिल्मयात्रा त्यति सुखद हुन सकेन ।SunnyLeoneHusband

कुछकुछ लोचा है, एक पहेली लीला, ज्याकपट, रागीति एमएमएस-२ लगायतका फिल्ममा अभिनय गरेकी छिन् उनले । मस्तीजादे, टीना और लोलो र वान नाईट स्टे प्रदर्शन हुन बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?