+
+
Shares

जनकपुर घटनामा माफी माग्न मधेसी मोर्चालाई एमालेको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ५ गते १७:०३

५ पुस, काठमाडौं । मधेसी मोर्चाले राष्ट्रपति विद्या भण्डारीमाथि जानकी मन्दिरमा अमर्यादित हर्कत गरेको भन्दै नेकपा एमालेले सो घटनावापत माफी सार्वजनिकरुपमा माफी माग्न मधेसी मोर्चासँग आग्रह गरेको छ ।

Uml-New-Officeसचिव योगेश भट्टराईले आइतबार जारी गरेको विज्ञप्तिमा ‘विधवा’ले मन्दिरमा टेकेको भन्दै मन्दिर चोख्याउन गंगाजल छर्कने मोर्चाको कामले नेपाली समाजलाई कलंकित गर्नुका साथै महिला समुदायलाई अपमान गरेको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ-‘मधेसी मोर्चाका तर्फबाट महामहिम राष्ट्रप्रतिप्रति गरिएको व्यवहार बर्बर, मध्ययुगीन र असभ्यमात्रै छैन, अत्यन्त निन्दनीय पनि छ ।’

यो घटनाले आधुनिक नेपाली समाजलाई कलंकित गरेको र महिला समुदायलाई घोर अपमान गरेको एमालेले बताएको छ । विज्ञप्तिमा राष्ट्रपतिमाथि भएको दुव्र्यवहारप्रति नेपाली जनतासामु खुल्लारुपले माफी माग्न मधेसी मोर्चालाई आग्रह गरिएको छ ।

यो पनि पढ्नुस्

राष्ट्रपति भण्डारीको अपमान गर्नेलाई कारवाही गर्न माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?