मुम्बई । बलिउड नायक गोबिन्दा ५२ वर्ष लागेका छन् र २१ डिसेम्बर १९६३ मा महाराष्ट्रमा जन्मिएका गोविन्दाका वारेमा धेरैलाई थाह नहुन सक्छ । जब उनी जन्मिए, उनलाई अपनाउन उनका बुबाले अस्विकार गरेका थिए । जुन कुरा गोबिन्दा स्वयंले एउटा अन्तरवार्ताको क्रममा भनेका छन् ।
गोबिन्दाको भनाई अनुसार उनी गर्भमै भएको बेला उनकी आमा साधु बनेकी थिइन् । आमा साधु भएको केही महिनापछि उनी जन्मेका थिए । तर, बाबुले छोरालाई स्वीकार्न मानेनन् । जन्मेको केही महिनापछि गोबिन्दाको रुपको प्रसंसा हुन थालेपछि भने बाबुले स्वीकारे र माया गर्न थाले ।
कलाकार नबनोस् भन्ने चाहन्थिन् आमा
उनकी आमालाई कलाकारिता मन पर्दैन थियो । आफ्नो छोरा पनि कला क्षेत्रमा नजाओस् भन्ने उनको चाहना थियो । आमाको चाहना थियो । छोराले राम्रो पढोस् र बैंकमा जागीर खाओस् ।
तर, उनको मन भने अभिनयतीरै तानिएको थियो । उनलाई बुबाले भन्थे ‘तिमी राम्रो लेख्न सक्छौ, राम्रो देखिन्छौ पनि अभिनय गर्न सक्छौ भने फिल्ममा जाउ ।’
केही समय उनले आमालाई थाहै नदिई राजश्री प्रोडक्सनको चक्कर लगाए । काम पाइला जस्तो भएपछि आमालाई आग्रह गरे । आमाले सर्त सहित अनुमति दिइन् । ‘रक्सि, चुरोट खान पाइदैन । ट्राई गर्ने भए गर ।’ आमाले यसो भनेपछि उनी रोशन तनेजाको अभिनय इन्स्िटच्युटमा भर्ना भए ।
जब उनी इन्स्िटच्युटमा भर्ना भए उनले कुनै शुल्क तीर्नुपरेन । उनको क्षमतावाट प्रभावित थिए रोशन तनजा र फाईट मास्टर राम ।
२१ वर्षमा डेब्यु
गोबिन्दाले २१ वर्षको उमेरमा डेब्यु गरेका थिए । फिल्मको नाम थियो हत्या । यस फिल्मको निर्देशन कीर्ति आहुजाले गरेका थिए । उनी ६ भाई बहिनी मध्ये कान्छा हुन् ।
पाकिस्तानसँगको नाता
गोबिन्दाको पाकिस्तानसँग पनि गहिरो नाता छ । उनका बुबा अरुण आहुजाको जन्म पाकिस्तानको गुजरानवालामा भएको थियो । अरुण पछि मुम्बई आए र महबुब खानको ‘औरत’ वाट बलिउडमा काम सुरु गरे । कार्टर रोडमा उनको एक आकर्षक बंगला थियो । पछि उनका बुबाले एउटा फिल्म बनाए । उक्त फिल्म घाटामा गएपछि ऋण तीर्नका लागि घर बेच्नु परेको थियो ।

प्रतिक्रिया 4