२७ पुस, काठमाडौं । स्वास्थ्य मन्त्री रामजनम चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकाे आफ्नो सम्पत्ति विवरणमा मन्त्री चौधरीको कैलाली जिल्लाको जोशीपुर गाविस–४ मा पुख्र्यौली घर रहेको उल्लेख छ ।
यस्तै, उनको नाममा जोशीपुर– ४ मा पुख्र्यौली खेत छ भने काठमाडौँको धर्मस्थलीमा चार आना जग्गा पनि छ । सम्पत्ति विवरणमा १० तोला सुन र २० तोला चाँदी रहेको उल्लेख छ ।
यस्तै, मन्त्री चौधरीको एभरेस्ट बैंकलगायतका बैंकहरुमा करिब एकलाख ४० हजार रूपैयाँ नगद मौज्दात छ । उनले विभिन्न बैंकबाट रु १५ लाख ऋण लिएका छन् ।
छोरा मुकेश चौधरीको नाममा टाटा सुमो गोल्ड गाडी र एउटा मोटरसाइकल रहेको पनि उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4