Comments Add Comment

काष्ठमण्डप बैंकको नामगेल शाखा सानोभर्‍याङमा सर्‍यो

१५ माघ, काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकको नामगेल चोकमा रहेको शाखा सानोभर्‍याङ चोकमा सरेको छ।

वैशाख १२ गतेको भूकम्पले कार्यालय भवन क्षतिग्रस्त भएपछि बैंकले त्यही ठाउँबाट काउण्टरमार्फत सेवा दिँदै आएको थियो । पाको न्यूरोडमा केन्द्रीय कार्या बैकका १९ शाखा सञ्चालनमा छन् ।

बैंकले यो वर्षको प्रथम अर्धवाषिर्क अवधिमा १५ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । हाल बैंकको निष्क्रिय कर्जा  अनुपात ३ प्रतिशत मात्र छ ।  यो अवधिमा बैंकको कूल निक्षेप ५ अर्ब ८५ करोड रुपैयाँ तथा कूल कर्जा रु. ४ अर्ब ७८ करोड रहेको छ   ।

७ वटा एटिएम सञ्जाल रहेको बैंकले सेवाग्राही हरुलाई इ-बैंकिङ, एसएमएस बैंकिङ तथा स्वीफ्ट लगायत सेवा उपलब्ध गराउँदै आएको छ ।

बैंकले काठमाडौको कालिमाटी, ललितपुरको मंगलबजार र बाग्लुङ स्थित शाखा कार्यालयबाट सुन कर्जा समेत प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment