+
+
Shares

सिण्डिकेट कायम गर्न नपाउँदा यातायात व्यवसायीद्वारा गण्डकी अञ्चल ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ६ गते १६:०४

pokhara_yatayat banda

६ फागुन, पोखरा । पोखरा उपमहानगरपालिकामा चल्ने नगरबसमा एकाधिकार कायम गर्न नपाएको बिरोधमा यातायात व्यवसायीहरुले गण्डकी अञ्चलको सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् ।

पोखरामा नयाँ नगर वस सञ्चालनमा ल्याइएको विरोधमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले गण्डकी अञ्चलको यातायात नै ठप्प पारेका हुन् ।

सार्वजनिक यातायात ठप्प हुँदा यात्रुहरु मर्कामा परेका छन् । व्यवसायीहरुले गण्डकी अञ्चलभर अनिश्चितकालिन चक्काजामको घोषणा गरेपनि सार्वजनिक बस वाहेकका सवारी साधन भने चलेका छन् ।

व्यवसायीहरुबाट सवारीसाधनमा तोडफोड हुन नदिन पोखराको सुरक्षा व्यवस्था चुस्त पारिएको कास्कीका प्रहरी प्रमुख एसपी हरिबहादुर पालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?