Comments Add Comment

लेखा समितिलाई दुईपटक ढाँटे आपूर्तिमन्त्रीले

१४ चैत, काठमाडौं । आपूर्ति मन्त्री गणेशमान पुन अनुपस्थित भएपछि व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बैठक आइतबार दोस्रोपटक स्थगित भएको छ । असहज इन्धन आपूर्ति र कालोबजारीका विषयमा छलफल गर्न मन्त्री पुनलाई आइतबारको बैठकमा बोलाइएको थियो ।

Ganeshman-Punतर मन्त्री पुन अनुपस्थित भएपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको लेखा समिति सदस्य रामहरी खतिवडाले जानकारी दिए ।

मन्त्री पुन यहि चैत ६ गतेको लेखा समितिको बैठकमा पनि उपस्थित भएका थिएनन् । त्यतिबेला समितिलाई १४ गतेको बैठकमा उपस्थित हुने बताएपनि अन्तिम समयमा उपस्थित हुन नसक्ने जानकारी मन्त्री पुनले दिएका थिए ।

चैत ६ गतेको बैठकमा मन्त्री पुनले अस्वस्थताको कारण आफू लेखा समितिको बैठकमा आउन नसक्ने जानकारी दिएका थिए । आइतबारको बैठकमा अनुपस्थित हुनुको कारण भने उनलेे कार्यव्यस्तता भनेका छन् ।

वाइसिएल नेपालका पूर्वअध्यक्षसमेत रहेका मन्त्री पुन वाइसिएल कास्कीले आयोजना गरेको बनभोज तथा प्रशिक्षण कार्यक्रम सहभागी हुन पोखरा पुगेका छन् ।

आपूर्ति मन्त्रीले व्यस्त र अस्वस्थ भनेर लेखा समितिलाई ढाँटेको तथा बैठकमा आउन गरिएको आग्रहलाई अटेर गरेको कतिपय सदस्यहरुले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment