Comments Add Comment

मासु पसलेलाई सचिवले भने-सफा गर, नभए बन्द गर

meat१७ चैत, काठमाडौं । सरकारले मासुको गुणस्तर र स्वच्छता कायम राख्न मासु पसलहरुको अनुगमनलाई तिब्रता दिएको छ । पशुपन्छी विकास मन्त्रालयले बधशालादेखि भान्छासम्म स्वच्छ र स्वस्थ्य मासु अभियानअन्र्तगत मासु पसलहरुको अनुगमनलाई तिब्रता दिएको हो ।

मन्त्रालयले सचिव डा. कृष्णचन्द्र पौडेलको नेतृत्वमा बुधबार ललितपुरका एक दर्जनभन्दा बढी मासु पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा सबैजसो मासु पसल विना दर्ता सञ्चालन भएको पाइएको छ भने अधिकांश पसल मापदण्ड विपरितका भेटिएका छन् ।

कतिपय पसलमा कुहिएको मासु फेला परेको छ । मासु काट्ने र मासु राखिएका स्थान फोहोरयुक्त पाइएका छन् भने फोहोरका कारण ब्याक्टेरिया धेरै भेटिएको अनुगमन टोलीले बताएको छ ।

अनुगमनका क्रममा मासु पसलेहरुले कम तौलका ढक तराजु राखेर उपभोक्तालाई ठगी समेत गर्दै आएको पनि भेटिएको छ ।

अनुगमनमा सहभागी पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले मासुको उत्पादनदेखि उपभोगसम्म स्वच्छता र स्वस्थतालाई जोड दिनका लागि सचेतना फैलाउन अनुगमन गरेको भन्दै कैफियत फेला परेका मासु पसलहरुलाई मापदण्ड पूरा गर्न निर्देशन दिइएको बताए ।

उनले कैफियत भेटिएका मासु पसलमा एक सातापछि फेरि अनुगमन गर्ने र त्यसक्रममा मापदण्ड पूरा गरेको फेला नपरे मासु जाँच ऐनअनुसार कारवाही गरिने बताए ।

मन्त्रालयले अस्वथ्यकर मासु बेच्ने क्रमलाई निरुत्साहित गर्न चैत १४ गतेदेखि काठमाडौ उपत्यकाका अतिरिक्त देशका सबै जिल्ला सदरमुकाम र नगरपालिकास्थित मासु पसलहरुको अनुगमन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment