Comments Add Comment

ज्यान मुद्दाका फरार अभियुक्त २९ वर्ष पछि पक्राउ

२३ चैत, काठमाडौं । २०४२ सालमा भएको सवारी दुर्घटनाका अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् ।

bishnu-thapa४२ साल चैत १७ गते काठमाडौंको आलापोटमा ट्याक्टरको ठक्करले दवेन्द्र बस्नेतको ज्यान गएको घटनामा दोषी ठहर भएका विष्णु बहादुर थापा २९ वर्ष पछि पक्राउ परेका हुन् ।

घटना भएको १ वर्ष पछि फरार भएका थापालाई २०५० साल वैशाख २७ गते पुनरावेदन अदालत पाटनको फैसलाले दोषी ठहर गरेको थियो ।

२ वर्ष २ महिना १२ दिन कैद र ५५० जरिवाना तोकिएको भए पनि प्रहरीले खोजी नगर्दा थापा जोगिंदै आएका थिए ।

पछिल्लो समय फरार अपराधी खोजीलाई तीव्रता दिएको सिआइबीको फन्दाबाट थापा पनि उम्किन सकेनन् र २९ वर्ष पछि जेल पुगेका छन् ।

पक्राउ परे लगतै सिआइबीले थापालाई अदालत पेश गरेको थियो । अदालतले केन्द्रीय कारागार सुन्धारा चलान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment