Comments Add Comment

दिनमा ६ कप कफी पिउनेको कलेजो सुरक्षित

coffee

पर्याप्त कफी पिउनु कलेजोको स्वास्थ्यको दृष्टिकोणले निकै लाभदायक रहेको एक अध्ययनले देखाएको छ ।

इटालीका शोधकर्ताहरुका अनुसार दिनमा ६ कपसम्म कफी पिउनाले कलेजोको जटिल रोग लाग्ने खतरा कम हुन्छ ।

विश्वमा बढ्दै गएको मोटोपनाको समस्याले कलेजोमा समेत बोसो जम्ने समस्या अर्थात् फ्याटी लिभर डिजिजको खतरा बढ्दै गएको छ जुन निकै घातक हुने गरेको छ ।

कलेजोमा बोसो पदार्थ जमेर हुने यस्तो खतरालाई कम गर्नका लाििग कफीको नियमित सेवन गर्नु आवश्यक हुने शोधकर्ताहरुको भनाई छ । दिनहुँ उच्च मात्रामा कफी पिउनाले नन अल्कोहलिक लिभर डिजिजको रुपमा रहेको यस्तो कलेजो रोगबाट बचाउने शोधकर्ताहरुको भनाई छ ।

शोधकर्ताहरुले यो तथ्यलाई प्रमाणित गर्नका लागि मुसामा अनुसन्धान गरेका थिए । त्यस क्रममा नियमित रुपमा कफीजन्य पदार्थ खुवाइएको मोटो कदको मुसामा समेत अन्य मुसाको तुलनामा कलेजोको रोग कम पाइएको थियो ।

स्पेनको बार्सिलोनामा आयोजित अन्तराष्ट्रिय कलेजो कंग्रेसमा पेश गरिएको शोध रिपोर्ट अनुसार कफीमा हुने जोनुलिन नामक प्रोटिनले आन्द्राबाट खानेकुरामा रहेका हानिकारक पदार्थहरु सोसिने प्रक्रिया कम गर्दछ ।

यसो गर्नाले हानिकारक तथा विषालु पदार्थहरु आन्द्राबाट सोसिएर रगतमा जाने र कलेजो खराब गर्ने जोखिम घट्दछ । त्यस्ता हानिकारक पदार्थहरु दिसासँगै बाहिर आउँछन् र सरीरलाई असर गर्न पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment