Comments Add Comment

बुटवलमा पहिलोपटक मोबाइल एक्स्पो हुँदै

mobile-exop-press-meet
२ वैशाख, बुटवल । बुटवलमा पहिलो पटक मोबाइल एक्स्पो मेला हुने भएको छ । वैशाख ४ गतेदेखि ८ गतेसम्म बुटवल उद्योग वाणिज्य संघको भवनमा हुने मोबाइल एक्स्पोको तयारी सकिएको छ ।

काठमाण्डौ उपत्यकापछि पश्चिमाञ्चल विकास क्षेत्रमा नै पहिलोपटक मोबाइल एक्स्पो हुन लागेको बुटवलमा पत्रकार सम्मेलन गरि आयोजकले जनाएका छन् ।

बुटवल उद्योग वाणिज्य संघ अन्तर्गतको वस्तुगत मोबाइल उपसमितिले गर्न लागेको मोवाइल एक्स्पोमा विभिन्न २८ भन्दा बढी ब्रान्डका मोबाइलहरुको प्रर्दशनीमा राखिने मेला आयोजक समितिका संयोजक एमएल पाण्डेले बताए ।

‘यो नयँ वर्षमा, नयाँ मोबाइल सबैको हातमा पुर्याउनका लागि मोवाइल एक्स्पो गर्देछौं’ पाण्डेले भने ।
एक्स्पोमा ८ सय ७५ रुपैयाँदेखि १ लाख रुपैयाँसम्मका मोवाइलहरु प्रर्दशनीमा राखिने र ६ करोडको कारोबारसहित प्रत्येक मोबाइलको खरिदमा विभिन्न उपहार कुपनको पनि व्यवस्था गरिनेछ ।

मेलामा झण्डै ३० हजार भन्दा बढी दर्शक भित्राउने आयोजकको लक्ष्य छ । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले आफूहरुले बस्तुगत समितिलाइ सक्रिय बनाउन मोबाइल एक्स्पोको जिम्मेबारी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment