+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

उपत्यकाको सुरक्षा चुनौतीः मधेसी मोर्चाको आन्दोलन

जनताले ग्यास र तेलको लाइनमा बस्नु नपरोस्ः गृहमन्त्री

रमेश धमला रमेश धमला
२०७३ वैशाख ३ गते १२:४७

Shakti Basnet (6)३ वैशाख, काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नाकाबन्दी हटेको धेरै भइसकेकाले जनताले ग्यास र तेलको लाइनमा बस्ने अवस्थाको तत्काल अन्त्य हुनुपर्ने बताएका छन् ।

शुक्रबार भृकुटीमण्डपस्थित पुलिस क्लवमा उपत्यका विशेष सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री बस्नेतले इन्धनको सहज आपूर्ति गराउनेतर्फ सुरक्षा निकायको ध्यान आकृष्ट गरेका हुन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु र उपत्यकाका सम्पूर्ण सुरक्षा प्रमुखसहितको गोष्ठीमा मन्त्री बस्नेतले भने ‘अहिले आपूर्ति सहज छ, तर त्यसको व्यवस्थापन नहुँदा जनताले दुःख पाए, अब त्यसको कुनै पनि हालतमा अन्त्य गर्ने बारे छलफल हुनुपर्छ ।’

‘संविधान बनेपछि सुरक्षा चुनौती बढ्यो’

मन्त्री बस्नेतले संविधान बनेपछि देशमा सुरक्षा चुनौती थपिएको बताउँदै भने -‘अहिले देशमा संविधान कार्यान्वयन गराउने र नगराउनेबीच ध्रुवीकरण छ, यस्तो अवस्थामा सुरक्षा व्यवस्था कस्तो हुने भन्ने छलफल हुन जरुरी छ ।’

चार महिनाभन्दा लामो समय मधेस केन्द्रित अन्दोलनपछि मधेसी मोर्चासहितका राजनीतिक दलहरुले राजधानी केन्द्रित अन्दोलनको तयारी गरिरहेका बेला मन्त्री बस्नेतले सुरक्षा संगठनको आन्तरिक जीवन पनि सुदृढीकरण गर्नुपर्ने बताए ।

‘सुरक्षा संगठनबीचको समन्वयले संगठनलाई स्वस्थ बनाउँछ र संगठनलाई स्वस्थ जीवन आवश्यक छ ।’ गृहमन्त्री बस्नेतले भने ।

सशस्त्र र नेपाल प्रहरीबीच पछिल्लो समय देखिएको असमझदारीलाई लक्षित गर्दै मन्त्री बस्नेतले भने ‘सुरक्षा संगठनबीचको समन्वयले मात्रै सुरक्षा व्यवस्था बलियो हुन सक्छ ।’
उपत्यकाका सुरक्षा अधिकारीहरुले शुक्रबारको गोष्ठीमा मधेसी मोर्चाले गर्न लागेको उपत्यका केन्द्रित आन्दोलनका बारेमा समेत छलफल गर्ने भएका छन् ।

गृह मन्त्रालयको सुरक्षा महाशाखाका प्रमुख सह-सचिव यादवप्रसाद कोइरालाले मधेसी मोर्चासहितका दलहरुले राजधानी केन्द्रित आन्दोलनको तयारी गरिरहेको अवस्थाको सुरक्षा चुनौतिबारे गोष्ठीमा छलफल हुने बताए ।

एकदिने गोष्ठीमा उपत्यकाका सुरक्षा प्रमुखहरुले पछिल्लो सुरक्षा अवस्था र चुनौतिका विषयमा आ-आफ्ना प्रस्तुति राख्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?