Comments Add Comment

सबै गाविस सचिवलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय

भूकम्प प्रभावित जिल्लामा खाजा भत्ता पनि

५ वैशाख, काठमाडौं । गाविस सचिवहरुले आफ्नो तलवको अधिकतम् ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् ।

सरकारले सबै जिल्लाका सबै गाविस सचिवलाई ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराइले अनलाइनखबरलाई जानकारी दिए । स्थानीयको प्रस्तावलाई  अर्थ मन्त्रालयले पनि स्वीकृति दिएको हो ।

karmacharriयो निर्णय नेपालमा अहिले रहेका ३१ सय ५७ वटै गाविसका सचिवका हकमा लागू हुनेछ ।

यस्तै भूकम्प अतिप्रभावित १४ जिल्लाका गाविस सचिवले थप खाजा भत्ता पनि पाउने भएको भट्टराईले बताए ।

भूकम्प प्रभावित जिल्लाका गाविस सचिवहरुले अब विदा बसेको दिन खाजा भत्ताबापत ५ सय रुपैयाँ र अन्य दिनमा २ सय ५० रुपैयाँ खाजा भत्ता पाउनेछन् ।

प्रभावित क्षेत्रका गाविस सचिवहरुले शनिबार पनि काम गर्छन् भन्ने मान्यता अनुसार खाजा भत्ता बढाइएको मन्त्रालयले जनाएको छ ।

केही भूकम्प प्रभावित जिल्लामा गाविस सचिवले शतप्रतिशतसम्म भत्ता दिनुपर्ने माग गर्दै पुनर्निर्माणमा असहयोग गरिरहेका थिए । ‘जनप्रतिनिधिविहीन अवस्था गाविस सचिवको कामको चाप र जिम्मेवारीलाई हेरेर यो निर्णय भएको हो’ भट्टराईले भने-‘प्रोत्साहन भत्ता पाएपछि सचिवहरुको कार्यक्षमतामा वृद्धि हुने अपेक्षा छ ।’

गाविस सचिवले तलवको ५० प्रतिशत थप भत्ता र दैनिक खाजा भत्ता पनि पाउने भएपछि अझ खटिएर काम गर्ने सरकारको अपेक्षा छ । तलबको ५० प्रतिशतसम्म भत्ता पाउने निर्णय भने सबै गाविसमा लागू भएकाले गाविस सचिवले त्यसका लागि पनि कार्यशैलीलाई सुधार्ने अपेक्षा गरिएको छ ।

शर्तहरु
तर, भत्ता पाउन विभिन्न पाँच किसिमका शर्तहरु राखिएका छन् । भत्ता पाउन गाविस सचिव अनिवार्य रुपमा गाउँ गएर काम गर्नैपर्ने छ ।

यस्तै गाविसको मासिक, त्रैमासिक र वार्षिक रिपोर्ट जिविसमा समयमै बुझाउनै पर्ने अर्को शर्त पनि तोकिएको छ ।

‘अभिलेख अद्यावधिक गर्नैपर्ने, स्वीकृत कार्यक्रम समयमै सम्पन्न गर्नुपर्ने र ससामाजिक भत्ता वितरण गर्नुपर्ने शर्त पनि पुरा गन सचिवले ५० प्रतिशतसम्म भत्ता पाउने हो’ भट्टराईले भने, ‘न्युनतम् २० प्रतिशत भने सबैले पाउनेछन् ।’

गाविस सचिवहरुले भत्ता शत प्रतिशत नबढाएर न्यूनतम् सर्त तथा कार्यसम्पादन मापन (एमसीपीएम) नगर्ने चेतावनी दिँदै आएका थिए ।

स्थानीय विकास मन्त्रालयले गाविसहरुलाई ४ श्रेणीमा विभाजन गरी त्यहीअनुसारको भत्ता दिन प्रस्ताव गरेको थियो ।

४५ हजारसम्मकाे सुविधा
अब अधिकृतस्तरका सबै गाविस सचिवले कार्यसम्पादनमा सुधार गरे ३७ हजारसम्म तलब बुझ्न सक्नेछन् ।

भूकम्पप्रभावित क्षेमा अधिकृत स्तरका सचिवले पीडित क्षेत्रमा अधिकृत स्तरका सचिवले भत्तासहित ४५ हजारसम्म मासिक तलव हात पार्नेछन् । सुब्बा तहका सचिवको सुविधा पनि यत्तिकै अनुपातमा बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment