पूर्व प्रेमी-प्रेमिका समेत रहेका नायक साहिद कपुर र नायिका करिना कपुरविच लामो समयपछि बोन्डिङ देखिएको छ । साहिदलाई धोका दिएर सैफअली खानसँग बिहे गरेकी करिना शनिबार भने खुबै मस्ती मुडमा देखिइन् ।
चलचित्र ‘उड्ता पञ्जाब’को ट्रेलर रिलिजमा उपस्थिती नायक साहिद कपुरले आफू बाबु बन्न लागेको कुरालाई पुष्टी गरे । लामो समयदेखि साहिद पत्नी मिरा गर्भवती भएको खबर मिडियामा छाइरहेको थियो । साहिदले बाबु बन्न लागेको खबर सुनाउँदा करिना खुशी देखिइन् ।
कार्यक्रममा एक रिपोर्टरले साहिदलाई अन्य कलाकारसँग काम गर्दाको अनुभव भन्न आग्रह गरे । साहिदले करिनासँग आफ्नो कुनै पनि दृश्य नभएको बताए । कार्यक्रममा नायिका आलिया भट्टले संवाद सुनाएकी थिइन् । साहिद, करिना र आलियाले एकसाथ तस्बिर पनि खिचाएका थिए । यी दुई पूर्व जोडीको यस्तो बोन्डिङ पहिलो पटक देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4