+
+
Shares

पोखराका कर्मचारीले प्रधानमन्त्रीको निम्तो मान्ने कि अख्तियारको ?

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ८ गते ९:३७

८ वैशाख, पोखरा । कास्कीका सरकारी कार्यालयका हाकिमहरु बुधबार अप्ठ्यारोमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियारका आयुक्त दीप बस्नेत एकै दिन पोखरा आउने भएपछि कर्मचारीलाई अप्ठ्यारो परेको हो ।

akhitar‘अख्तियारले बुधबार दिउँसो सबै सरकारी कार्यालयका हाकिमलाई  जिविसको हलमा भेला हुन भनेको छ,’ एक कर्मचारीले अनलाइनखबरसँग भने,’आजै दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउँदै हुनुहुन्छ, अब हामी कर्मचारी अख्तियारले बोलाएको ठाउँमा जानु कि प्रधानमन्त्रीले ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कास्कीको पुरनचौरमा कृषि, वन तथा विज्ञान प्रतिष्ठानको कलेज उदघाटन गर्ने कार्यक्रम छ । कास्कीमा सुरु हुन लागेको प्रतिष्ठानको यो पहिलो शाखा हो । यसमा प्राकृतिक तथा व्यवस्थापन विषयमा पढाइ हुने छ ।

पोखराबाट करिब १५/२० किलोमिटर टाढा पर्ने भएकाले प्रधानमन्त्री पुरनचोर जाँदा सरकारी हाकिमहरु पनि उतै जाने तयारीमा छन् ।

कर्मचारीहरु प्रधानमन्त्री भएको ठाउँमा जाने हो भने अख्तियारले बोलाएको ठाउँमा उनीहरु सहभागी हुन सक्ने स्थिति छैन । तर, अख्तियारले बोलाएको ठाउँमा नजाने हो भने कारवाहीमा परिने हाकिमहरुलाई डर छ ।

प्रधानमन्त्रीले पुरनचोरमा सबै सरकारी हाकिमलाई अनिवार्य भेला हुन उर्दी गरेका छैनन् । तर, प्रधानमन्त्री आएको ठाउँमा प्रमुख जिल्ला अधिकारी लगायतका सरकारी हाकिमहरु शिष्टाचार व्यक्त गर्न पनि जाने परम्परा छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?