Comments Add Comment

टेलिकमले सार्वजनिक गर्‍यो सुधार योजना, फोरजी सेवा प्राथमिकतामा

Nepal-Telecome

८ वैशाख, काठमाडौं । नेपाल टेलिकमले नियामक दूरसञ्चार प्राधिकरणबाट अनुमति पाउने वित्तिकै फोरजी सेवा सुरु गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिकामा फोजी सेवा सुरु गर्ने बताएको छ ।

टेलिकमले बुधबार राजधानीमा सार्वजनिक गरेको सुधार कार्यायोजनामा फोरजी सेवालाई मुख्य प्राथमितमा राखेको छ । कम्पनीका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले वाइम्याक्स प्रविधिमार्फत देशव्यापी रुपमा वाइफाइ सेवा सञ्चालनमा ल्याउन असारदेखि पूर्वाधार विस्तारको काम अगाडि बढाउने बताए ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई जेठदेखि निःशुल्क सिमकार्ड वितरण गर्ने योजना पनि सार्वजनिक गरेको छ । निःशुल्क सिमकार्ड वितरण, फोरजी सेवा शुभारम्भ, थ्रीजी सेवाको विस्तार, रिचार्जमा रहेको समस्या सुधार उच्च प्राथमिकतमा राखेको प्रबन्ध निर्देशक आचार्यले बताए ।

टेलिमकले सार्वजनिक गरेको सुधार कार्ययोजनामा प्रबन्ध निर्देशक र विभागीय प्रमुखहरुसँग कार्य सम्पादन सम्झौता लागू गर्ने पनि उल्लेख छ । कार्ययोजनामा आगामी आर्थिक वर्षदेखि प्रबन्ध निर्देशकले संचालक समिति र विभागीय प्रमुखहरुले प्रबन्ध निर्देशकसँग कार्यसम्पादन सम्झौता गरी अर्धवाषिर्क रुपमा मूल्यांकन गर्ने तथा सबै कर्मचारीलाई पद्, योग्यता र कार्य विवरण खुलाई कार्य जिम्मेवारी सुम्पिने उल्लेख छ ।

सञ्चालक समितिका अध्यक्ष समेत रहेका सूचना तथा संचार सचिव दिनेशकुमार थपलियाले कम्पनीका सबै कर्मचारीलाई यहि वैशाख मसान्तसम्म कार्य जिम्मेवारी सुम्पिएर दैनिक आठ घण्टा अनिवार्य रुपमा काममा लगाइनुपर्ने बताए ।

थपलियाले कर्मचारीहरुले राम्रोसँग काम नगरेका कारण मोबाइलको गुणस्तरका बारेमा गुनासो आएको भन्दै युनियनका नाममा दादागिरी देखाउने कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिए ।

कार्यक्रममा सूचना तथा संचारमन्त्री शेरधन राईले टेलिकमले सार्वजनिक गरेको सुधार कार्ययोजना अपुरो रहेको बताए । उनले फोरजी र थ्रीजी सेवाले मात्र टेलिकम प्रतिस्पर्धामा टिक्न नसक्ने भन्दै सबै सामुदायिक संस्थाहरुमा इन्टरनेटको सुविधा पुर्‍याउने र युवाहरु सबैलाई इन्टरनेटले जोड्ने कार्यक्रम ल्याउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment