मुम्बई । अहिले सिनेमा हलमा चलिरहेको चलचित्र ‘फ्यान’ मा एउटा सुपरस्टार र उसको क्रेजी फ्यानको सम्बन्धवारे ब्याख्या गरिएको छ । शाहरुख अभितिन यस फिल्ममा शाहरुख नै सुपरस्टार र शाहरुख नै फ्यानको भूमिकामा छन् ।
सिनेमामा जस्तो फ्यानको परिकल्पना गरिएको छ । कतिपय कलाकारको रियलमा पनि त्यस्ता फ्यानसंग भेट हुने गरेको छ । अभिनेता सलमान खानले रियलमा केही यस्ता फ्यान भेटेका छन् । ति मध्ये एकजना फ्यानले सलमानको साटो आफु जेल जान तयार भएको कुरा गरे । अर्का फ्यानले त फिल्म हेर्न नपाएको झोंकमा आत्महत्या नै गरे । हेरौं कस्ता कस्ता फ्यान झेलेका रहेछन् सलमानलेः
फिल्म हेर्न नपाउँदा आत्महत्या
सलमान खानका एक जना फ्यानले फिल्म हेर्न नपाएको झोंकमा आत्महत्या गरेका छन् । मध्ये प्रदेशको इन्दौरस्थित हिरानगर थानाका अनुसार सलमानको फिल्म हेर्न नपाएपछि एक जनाले आत्महत्या गरेका थिए ।
प्रहरीको रिपोर्टमा उल्लेख भए अनुसार सलमान अभिनित ‘पे्रम रतन धन पायो’ हेर्न नपाएको झोंकमा उनले आत्महत्या गरेका थिए ।
फिल्म हेर्न भनेर सिनेमा हलमा पुगेका ति फ्यानले टिकट काउन्टरमा हाउसफूलको बोर्ड देख्ने बित्तिकै काउन्टरवालासंग एक मात्र टिकट मिलाइदिन आग्रह गरे । काउन्टरवालाले टिकट असम्भव भनेपछि एकछिन काउन्टरवालासंग झगडा गरे र घर पुगेर आत्महत्या गरे ।
गत वर्ष ३० जुलाईमा चन्दा नाम गरेकी २७ वषिर्य महिला जालन्धर रेलवे स्टेशनमा पक्राउ परिन् ।
उनको पासपोर्ट थिएन । प्रहरी हिरासतमा भएको बेला उनले आफु सलमान खान र शाहरुख खानको ठूलो फ्यान भएको भन्दै एक झलक पाउन आफु भारत आएको बताएकी थिईन् । त्यति मात्रै हैन उनले आफ्नो श्रीमानको नाम समेत सलमान खान राखेकी थिइन् ।
सलमान जेल जान लाग्दा विष पिए फ्यानले
मे मा जब सलमान खानको ‘हिट एण्ड रन’ मामलामा अदालतमा छलफल हुँदै थियो । अदालत बाहिर बसेका एकजना सलमानका फ्यानले विष पिएर आत्महत्या प्रयाश गरे । गौरंगो कुण्ड नाम गरेका ति फ्यानले सलमानलाई भगवान मान्दै आएको बताएका थिए ।
नविन राज चौहान नाम गरेका अर्का फ्यान थिए । उनले सलमानलाई जेल सजाय भएमा आफु जेल जान तयार भएको बताएका थिए ।
फोटो खिच्नका लागि भोक हड्ताल
सलमान खान राजकोटमा हिन्दी फिल्म ‘प्रेम रतन धन पायो’ को सुटिङ गर्दै थिए । बाबुभाई शीशगिया नाम गरेका एकजना प्रसंशस सुटिङस्पट बाहिर भोक हडताल गरेर बसेका थिए ।उनको माग थियो सलमानसंग फोटो खिचाउन पाउनुपर्ने ।
बजरंगी भाईजान रिलिज भएको बेला फयानहरुका केही समुहले उनको पोष्टरमा दुध चढाएका थिए ।
चार हजार किलोको केक
गत वर्ष ५० औं जन्मदिन मनाए सलमानले । उनको ५० औं जन्मदिनको अवसरमा गुजरातका एक फ्यानले चारसय फिट लामो र चार हजार किलोको केक उपहार पठाएका थिए । उक्त केक दुईसय अनाथालयका चार हजार बढीलाई वितरण गरिएको थियो ।
प्रतिक्रिया 4