Comments Add Comment

बौद्ध सम्मेलनमा मोदी, सि जिनपिङ र वानलाई निम्तो

११ देशका संस्कृतिमन्त्री नेपाल आउँदै

९ वैशाख, काठमाडौं । नेपालले गौतम बुद्धको २५६० औं जन्म जयन्तीको अवसरमा दुई छिमेकी मुलुकका राष्ट्र र सरकार प्रमुखलाई निम्तो पठाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङलाई सम्मेलनका लागि आमन्त्रण गरिएको हो । राष्ट्र संघका महासचिवलाई पनि नेपाल सरकारले निम्तो पठाएको छ ।

Xi-Jinping-and-Narendra-Modiवौद्ध सम्मेलन अन्तरगत जेठको ६ र ७ गते काठमाडौंमा दुई दिन सम्मेलनहरु हुनेछन् । ८ गते भने गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा जन्म जयन्तीको विशेष कार्यक्रम हुनेछ ।

भारत र चीनले अहिलेसम्म निमन्त्रणा स्वीकारेको जानकारी दिएका छैनन् । उनीहरु एकैसाथ नेपाल आउने सम्भावना कमै रहेको स्रोत बताउँछ ।

तर, जेठ ६ गतेदेखि ८ गतेसम्म काठमाडौं र लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा बिहारका मुख्यमन्त्री नितिशकुमार आउने चाहिँ  लगभग पक्का भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

यसैगरी बौद्ध सम्मेलनका लागि श्रीलंकाका राष्ट्रपति र संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनसहित युनेस्कोका महासचिवलाई पनि आमन्त्रण गरिएको मन्त्रालयका प्रवक्ता घनाश्याम उपाध्यायले बताए ।

यस्तै विभिन्न ११ देशका संस्कृति मन्त्री र २२ देशका बौद्ध विज्ञलाई पनि मन्त्रालयले सम्मेलनका लागि बोलाएको उनले बताए ।

श्रीलंका, थाइल्याण्ड, भारत, चीन, भुटान, जापान, कोरिया इजरायल लगायतका देशका संस्कृति मन्त्रीलाई सम्मेलनका लागि निम्तो दिइएको छ । श्रीलंककाका संस्कृतिमन्त्री सम्मेलनमा आउने निश्चित भइसकेको छ ।

नेपाललाई बौद्ध धर्मको आध्यात्मिक केन्द्र बनाउन र बौद्ध धर्मको संरक्ष्णका लागि सम्मेलनको आयोजना गरिएको मन्त्रालयले जनाएको छ । यसका लागि छुट्टै सचिवालय नै बनाएर तयारी भइरहेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment