+

गुजरातमाथि सनराइजर्सको १० विकेटको जित

२०७३ वैशाख  १० गते ८:४२ २०७३ वैशाख १० गते ८:४२
गुजरातमाथि सनराइजर्सको १० विकेटको जित

David Warner and Shikhar Dhawan१० वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स  हैजराबादले गुजरात लायन्सलाई १० विकेटले पराजित गरेको छ ।

बिहीबार राति भएको खेलमा गुजरातले सनराइजर्ससामू १३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई उसले विना विकेटको क्षतिमा मात्र १४.५ ओभरमा भेट्टायो । उसका लागि ओपनर डेभिड वार्नरले ७४ र शिखर धवनले ५३ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमामा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । उसका लागि सुरेश रैनाले ७५ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

गुजरातलाई सस्तैमा समेट्ने क्रममा  सनराइजर्सका भूवनेश्वर कुमार एक्लैले चार विकेट लिए ।

आईपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय