Comments Add Comment

बाहिरी ब्यानरमा रेखा हिरो बन्ने कि भिलेन ?

rekha thapa
सबैलाई थाहा छ, नायिका रेखा थापा रेखा फिल्मस् भन्दा बाहिरी ब्यानरमा काम गर्दिनन् । रेखा फिल्मस्बाट उनले निर्माण गरेका सबैजसो चलचित्र चलेका छन् । तर, बाहिरी ब्यानरमा भने रेखालाई लिएर काम गर्न सजिलो छैन ।

रेखालाई यतिबेला नजिकका २ साथीले चलचित्र खेल्नका लागि प्रस्ताव गरेका छन् । रेखा भने सोचनिय अवस्थामा छिन् । ‘नोभेम्बर रेन’ नायिका छुल्ठिम गुरुङले छेतन गुरुङलाई निर्देशनमा लिएर चलचित्र ‘डायरी’ बनाउँदैछिन् । यो चलचित्रमा एउटा महिला खलपात्रको भूमिका छ, जसका लागि रेखालाई अफर गरिएको छ । रेखा र छुल्ठिम नजिक छन् । रेखालाई यो भूमिका मन पनि परेको छ ।

यता, रेखासँग नै नजिक मानिएकी निर्मात्री कृषा चौलागाई चलचित्र ‘पलास’ बनाउने तयारीमा छिन् । यसको हाल लोकेशन हेर्ने काम भैरहेको छ । यो चलचित्रको कथामा पनि रेखा सन्तुष्टी छिन् । यो चलचित्र भने नायिका केन्द्रित रहेको वुझिन्छ । चलचित्रमा एक नयाँ नायक पनि छन् । रेखाले यो कथा पनि मन पराएकी छिन् ।

दुबै चलचित्रको कथावस्तु रुचाएकी रेखाले काम गर्ने वा नगर्ने पक्का गरेकी छैनन् । तर, बाहिरी ब्यानरमा रेखाले काम गरिन् भने त्यो उनका लागि चुनौती हुनेछ । यो बर्ष नै रेखा नयाँ निर्देशकलाई लिएर चलचित्र बनाउने तयारीमा छिन् । हरेक बर्ष एउटा चलचित्र सार्वजनिक भएपनि त्यसले व्यापार राम्रो गर्दा रेखाले आफ्नो स्टारडम र्झन दिएकी छैनन् । रेखाको स्टारड आफ्नै ब्यानरमा त बिकेकै छ, बाहिरी ब्यानरमा के होला ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment