११ वैशाख, बाजुरा । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवम् रक्षामन्त्री भीम रावलले नेकपा एमाले अखण्ड सुदूरपश्चिमको पक्षमा रहेको बताएका छन् ।
नेकपा एमाले बडिमालिका नगरपालिका बाजुराको प्रथम नगर अधिवेशन उद्घाटन रावललले अखण्ड सुदूरपश्चिमका लागि तराईका दुई जिल्ला र पहाडका सात जिल्लाका जनाताको पनि समर्तन रहेको दावी गरे ।
उनले आफु अखण्ड सुदूरपश्चिम मात्र नभइ अखण्ड नेपाल हुनुपर्नेमा लागिरहेको बताए । नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको र यसमा ९० प्रतिशत संविधानसभाका सदस्यले हस्ताक्षर गरेको तथ्य रावलले सुनाए ।
उनले बिरोधीहरुले संविधान मधेसी, दलित , आदिबासी, महिलाको पक्षमा नभएको भन्नु हास्यास्पद भएको समेत बताए । नाम सद्भावना भएका मधेसी दलहरुले रक्सौलको मितेरी पुलमा बसेर बदनाम हुने काम गरेको टिप्पणी पनि उनले गरे ।
संविधानमा चित नबुझेका कुरा वार्तामार्फत समाधान गर्न उनले आग्रह गरे । एमालेले स्थानीय चुनाव बैशाख जेठमै गर्न भनेपनि केही राजनीतिक सहमति नभएको उनले दावी गरे ।
मन्त्री रावलले प्रतिपक्षी नेपाली काँग्रेस संविधान कार्यान्वयनका लागि सरकारमा आउन समेत आग्रह गरे ।
(भोविन्द्र शाहको सहयोगमा)
प्रतिक्रिया 4