१२ वैशाख, काठमाडौं । करिब नौ हजारको ज्यान जाने गरी नेपालमा गएको भूकम्पको आज एक वर्ष भएको छ ।
गत सालको वैशाख १२ गते गोरखाको बारपाक केन्द्रन्बिन्दु भएर गएको ७.८ रेक्टरको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ ।
भूकम्प गएको एक वर्षको सन्दर्भमा राजधानीको क्षतिग्रस्त धरहरा नजिक आइतबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रम पछि प्रधानमन्त्री ओली आजै दिउँसो पुननिर्माण अभियानमा सरिक हुन प्रधानमन्त्री ओली दिउँसो सिन्धुपाल्चोक जाने कार्यक्रम छ ।
त्यस्तै राष्ट्रपति विद्या भण्डारी भूकम्पको केन्द्रविन्दु रहेको बारपाक जाने छिन् । राष्ट्रपति भण्डारीले ११ः ५६ बजे बारपाकमा भूकम्पस्मृति पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
स्थानीयको आयोजनामा काठमाडौंबाट शुक्रबार हिँडेको साइकल र्याली आइतबार बारपाक पुग्ने छ ।
भूकम्पले गोरखामा ४७२ जनाको निधन भएको थियो भने एघार सयभन्दा बढी घाइते भएका थिए । करिब ७० हजार घर भूकम्पले पूर्ण रपमा ध्वस्त बनाए पनि पुननिर्माणको सुरुवात भने भएको छैन ।
प्रतिक्रिया 4