१२ वैशाख, वीरगन्ज। यस वर्ष धान लगाउने मौसममा रासायनिक मलको अभाव नहुने भएको छ । पर्याप्त मल सञ्चित रहेका कारण यस वर्ष मध्यमाञ्चलका १३ तथा पश्चिमाञ्चलका १९ जिल्लामा रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयले जनाएको छ ।
जिल्लास्थित कम्पनीका गोदाममा पर्याप्त मल भण्डारण गरिएको कार्यालयका क्षेत्रीय प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । वीरगन्ज चिनी कारखानाको गोदाममा अहिले एक लाख ५० हजार बोरा तथा नेसनल ट्रेडिङ लिमिटेडको गोदाममा ८० हजार बोरा मल मौज्दात छ ।
कम्पनीका विभिन्न जिल्लास्थित गोदाममा तीनलाख बोरा युरिया मल, ७५ हजार बोरा डिएपी र आठ हजार बोरा पोटास मल मौज्दात रहेको छ ।
यसबाहेक डिएपी र युिरय मल तेस्रो मुलुकबाट आयात हुने प्रक्रियासमेत सुरु भएको र असार पहिलो सातासम्म वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा १५ हजार युरिया मल आइपुग्ने क्षेत्रीय प्रमुख कार्कीले बताए ।
“आवश्यक भएको खण्डमा मल बन्दरगाहबाटै सोझै विभिन्न जिल्लामा पठाउने व्यवस्था मिलाएका छौँ” उनले भने ।
प्रतिक्रिया 4