१२ वैशाख, काठमाडौं । सरकारको कार्यशैलीको बिरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो पिण्ड दिइएको छ ।
विवेकशील नेपाली पार्टीको आहृवानमा युवाहरुको समूहले कालो कपडा लगाएर प्रधानमन्त्रीको नाममा कालो पिण्ड चढाएका हुन् ।
आइतबार बिहान धरहराबाट सुरु भएको विवेकशील नेपालीको बिरोध र्याली सिंहदरबार अगाडि भद्रकाली मन्दिरमा पीण्ड पूजा गरेर सकिएको थियो ।
धरहराबाट भद्रकाली तर्फ आउँदै गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । विवेकशील नेपालीका अनुसार प्रहरीले आफूहरुको ब्यानर खोसेर दुर्व्यवहार गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4