+

स्वान्सीमाथि लिसेस्टरको सहज जित, ८ अंकको अग्रता

२०७३ वैशाख  १३ गते ८:५७ २०७३ वैशाख १३ गते ८:५७
स्वान्सीमाथि लिसेस्टरको सहज जित, ८ अंकको अग्रता

Leonardo Ulloa१३ वैशाख, काठमाडौं । लिसेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा स्वान्सी सिटीमाथि शानदार जित हात पारेको छ र दोस्रो स्थानमा रहेको टोटनहृयामसँग ८ अंकको दुरी बनाएको छ ।

आइतबार राति भएको खेलमा लिसेस्टरले स्वान्सीलाई ४-० गोल अन्तरले पराजित गरेको हो । टप स्कोरर जेमी डर्भी निलम्बनमा परेपछि उनी विनाको लिसेस्टर के होला भन्ने प्रश्न पछिल्ला दिनमा उठेको थियो । त्यसको जवाफ लियोनार्डो अल्होले दिएका छन् । उनले दुई गोल गरे ।

घरेलु मैदानमा भएको खेलमा लिसेस्टरले १० औं मिनेटमा रियाद महरेजको गोलबाट अग्रता लिएको थियो ।

खेलको ३० औं मिनेटमा अल्होले गोल गरे । ६० औं मिनेटमा उनले दोस्रो गोल गरे भने ८५ औं मिनेटमा अलब्राइटोनले गोल गरेपछि लिसेस्टर ४-० ले विजयी भयो ।

लिगमा २२ औं जितसँगै लिग लिडर लिसेस्टरको ३५ खेलबनट ७६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको टोटनहृयामको ६८ अंक छ र उसले एक खेल कम खेलेको छ ।

प्रिमियर लिग लिसेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय