+
+
Shares

अनशनमा बसेकालार्इ अस्पताल लगेको भन्दै जनकपुर बन्द

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १७ गते १२:२५

Janakpur-aandolan-2१७ वैशाख, जनकपुरधाम । निलम्बित सांसद सञ्जयकुमार साहकी श्रीमती रङ्गीला देवीलाई प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै आज जनकपुर बन्द गरिएको छ ।

आफ्नो श्रीमान्को सञ्चार उद्यमी अरूण सिंघानिया हत्यामा संलग्नता नभएको दाबीसहित न्यायिक छानबिनको माग राखी जनक चोकमा आमरण अनशनमा बसेका बेला रङ्गीलालाई प्रहरीले अमानवीय व्यवहार गरी अस्पताल पुर्याएको भन्दै जनकपुर बन्द गरिएको हो ।

बन्दले व्यवसाय, उद्योग, यातायात र शैक्षिक प्रतिष्ठान प्रभावित भएको छ ।

वैशाख २ गतेदेखि अनशन बस्दै आएकी रङ्गीलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि उनलाई अञ्चल अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयको कथन छ भने रङ्गीलाले प्रहरीले हातपात गर्दै अस्पताल ल्याई उपचार गराउन दबाब दिइरहेको आरोप लगाएकी छिन् ।

यसैबीच जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवशङ्कर साहले रङ्गीलालाई प्रहरीले गरेको अमानवीय व्यवहारको विरोध गर्दै जनक चोकमा अनशन सुरु गरेका छन् ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?