Comments Add Comment

सविनको हिरोइन बन्दै अशिष्मा, ‘राधे’मा पनि जम्न सक्छ निखिलसँग जोडी

ashisma nakarmi
नायक सविन श्रेष्ठको प्रस्तुतीमा बन्न लागेको चलचित्र ‘हिरो’का लागि नायिका अशिष्मा नकर्मी अनुवन्धित भएकी छिन् । नायक तथा प्रस्तुतकर्ता सविनले यो कुराको पुष्टी गरेका छन् । अशिष्माको अनुहारमा गाउँकी यूवतीको झझल्को आउने भएपछि सविनले पक्का गरिएको बताए । चलचित्रमा अशिष्मा सरोज खनालकी छोरीको भूमिकामा देखिदैछिन् ।

चलचित्रको असफलता र कामको कम चर्चाले पनि अशिष्मालाई कुनै फरक पारेको छैन । ‘अन्तराल, अधकट्टी’ जस्ता चलचित्र असफल हुनु, ‘बाटो मुनिको फूल २’ चल्दा ऋचाको कामको तारिफ हुनुले पनि अशिष्माको व्यस्तता कम भएको छैन ।

यता, निर्माता सुशिल पोख्रेलले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘राधे’मा पनि अशिष्माले काम गर्ने वुझिएको छ । अशिष्माले अनलाइनखबरसँग भनिन्-‘यो चलचित्रमा २ नायिकामध्ये एकमा मैले काम गर्ने पक्का भन्नु भएको छ । तर, संझौता भैसकेको छैन ।’

अशिष्मा पनि संझौता नभएसम्म चलचित्रमा हुने वा नहुने कुरामा विश्वस्त हुन नसक्ने भएकाले आफू मौन बसेको बताउँछिन् । निर्माता सुशिल पोख्रेलको यो चलचित्रमा अर्की नायिका भने नयाँ खोजिएको छ । चलचित्र ‘राधे’मा निखिल उप्रेतीले काम गर्ने चर्चा छ । यी दुबै ब्यानरमा काम गर्दा आफूलाई चलचित्र क्षेत्रमा ‘लक’ लागेन भन्दै आएकी अशिष्मालाई फाइदा हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment