+
+
Shares

राजदूत र न्यायाधीश नियुक्तिमा सरकारले एकलौटी गर्‍योः देउवा

रासस रासस
२०७३ वैशाख १८ गते १५:३९

sher-bahadur-dauwa

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत नियुक्ति र न्यायाधीश सिफारिसमा सरकारले एकलौटी गरेको आरोप लगाएका छन् ।

तेज–तीर्थ ट्रष्टले शनिबार क्षेत्रपाटीमा आयोजना गरेको राष्ट्रिय लोकतन्त्र शान्ति पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले प्रमुख प्रतिपक्षी दललाई नसोधी राजदूत नियुक्ति र न्यायाधिश नियुक्ति गरेको भन्दै आपत्ति जनाए ।

संविधान कार्यान्वयनमा कांग्रेसले सरकारले भन्दा धेरै काम गरेको उनले दाबी गरे । सभापति देउवाले संविधान कांग्रेसको पहलमा निर्माण भएको भन्दै सबैको भावनालाई समेटेर कांग्रेसले संविधान संशोधन गर्ने बताए ।

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताए । उनले भने, ‘राजनीति स्थायित्वका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ ।’

ट्रष्टले स्थापना गरेको एकलाख नगद राशिको पुरस्कार एम्नेष्टी इन्टरनेसनल नेपाल शाखालाई प्रदान गरिएको छ । कार्यक्रममा कांग्रेस सभापति देउवाले एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष अधिकारीलाई उक्त रकम प्रदान गरे ।

     

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?