+
+
Shares

आगलागी पीडितलाई दुई बण्डल जस्तापाता दिने सरकारको निर्णय

६ उपसचिव सहसचिवमा बढुवा, मानव अंग प्रत्यारोपण केन्द्रमा श्रेष्ठलाई निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २० गते १०:३१

Pm-office

२० वैशाख, काठमाडौं । सरकारले मुलुकका विभिन्न ठाउँका आगलागीबाट पीडितलाई प्रतिघर दुई बण्डल जस्तापाता दिने निर्णय गरेको छ । गत मंसिर १ गतेयता पूर्णरुपमा घर जलेका पीडितहरुले जस्तापाता पाउने छन् ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले २६ गेजको दुई बण्डल जस्तापाता आगलागी पीडितलाई दिने निर्णय गरेको सरकारका एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

गत मंसिर एक गतेयता हालसम्म एक हजार ४ सय २ घर आगलागीबाट पूर्णरुपमा क्षति भएको सरकारको तथ्यांक छ ।

६ उपसचिव सहसचिवमा बढुवा

बैठकले छ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको छ । बढुवा हुने सहसचिवहरुमा गोविन्दप्रसाद रिजाल, झक्कप्रसाद आचार्य, नवराज ढकाल, नीता पोखरेल अर्याल, उदयबहादुर रानामगर र गजेन्द्रकुमार ठाकुर छन् ।

यसैगरी बैठकले मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठलाई पुनर्नियुक्ति दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?