+
+
Shares

सरकारको विकल्प खोज्दै एमाओवादी

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २१ गते ६:५८

२१ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल एकीकृत नेकपा माओवादीले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै त्यसको विकल्प खोज्न थालेको छ ।

Prachand-and-Kp-oliमहासचिव कृष्णबहादुर महरा वर्तमान सरकारका पूर्णरुपमा असफल भएको ठम्याईसहित विकल्प खोज्न सक्रिय रहेको स्रोतको दाबी छ । उनले सरकारमा सहभागी नभएका केही साना दलका नेतासँग सरकार परिवर्तनका विषयमा छलफलसमेत थालेका नागरिक दैनिकमा समाचार छ ।

एमाले नेतृत्वमा सरकार गठन गर्न एमाओवादीले गरेको आठबुँदे सम्झौता कार्यान्वयननभएको, सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको, भूकम्पपछिको पुनर्निर्माणमा अपेक्षाकृत काम गर्न नसकेको एमाओवादीको निष्कर्ष छ ।

‘हामीले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न, कालोबजारी नियन्त्रण र भूकम्पपछिको पुनर्निर्माणलगायत विषयमा सामुहिक छलफल गर्न एक महिनाअगाडि एमालेलाई पत्र पठाएका थियौं,’ एमाओवादी सचिव वर्षमान पुनले नागरिकसँग भने, ‘आजका मितिसम्म एमालेले कुनै जवाफ दिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?