
२१ वैशाख, काठमाडौं । भारत भ्रमण सकेर फर्किएपछि उनले चाल्ने आगामी कदमबारे राजनीति वृत्तमा अनेक अनुमान चलिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह भने परिवारसहित त्रिशुली नदीमा र्याफ्टिङ गर्न पुगेका छन् ।
पत्नी कोमल, बुहारी हिमानी तथा नाती हृदयेन्द्र र दुई नातिनीका साथमा आएका शाहले त्रिशुलीमा र्याफ्टिङ गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
तनहुँको आबुखैरेनीस्थित मोटेल डु मुग्लिङमा पूर्वराजा शाहले परिवारसँग दुई रात बिताएको होटलका कर्मचारी विष्णु थापाले जानकारी दिइन् । पहिले हिमानी छोराछोरीसँग शुक्रबार आउनु भएको थियो, उनले भनिन् शनिबार पूर्वराजा शाह र उहाँकी पत्नी कोमल पनि आउनु भयो ।’