+
+
Shares

अब सामुदायिक विद्यालयमा पनि रंगीन पुस्तक

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २१ गते ६:१४
फाइल तस्वीर
फाइल तस्वीर

२१ वैशाख, काठमाडौं । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पनि रंगीन पुस्तक पढ्न पाउने भएका छन् । पाठ्यक्रम विकास केन्द्रले १ देखि ५ कक्षासम्म चार रङ प्रयोग गरेर पाठ्यपुस्तक छाप्ने तयारी गरेको छ ।

निजी विद्यालयमा अध्ययन गर्नेले चार रङ प्रयोग भएका पुस्तक पढ्न पाए पनि सामुदायिक विद्यालयका विद्यार्थी भने यस्तो सुविधाबाट वञ्चित थिए, नयाँ पत्रिका दैनिकमा समाचार छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले ‘फोर कलरमा सिआरसी’ तयार गर्न सुरु गरेको बताए । यही आर्थिक वर्षभित्रमा ‘फोर कलरमा सिआरसी’ तयार गर्ने केन्द्रको तयारी छ ।

चार रङका पुस्तक छपाइका लागि रकम धेरै लाग्ने भएकाले कुन कक्षासम्मको पाठ्यपुस्तक रंगीन छाप्ने भन्ने बजेटमा भर पर्ने कार्यकारी निर्देशक पौडेलको भनाइ छ । पौडेलले भने, ‘शिक्षा विभागले कति रकम मागेको छ, कति रकम आउँछ त्यहीअनुसार हुन्छ ।’

सरकारी विद्यालयमा विद्यार्थीका लागि जनक शिक्षाबाट पुस्तक छपाइ हुने भएकाले निजी विद्यालयका विद्यार्थीको पुस्तकको मूल्य धेरै सस्तो हुने केन्द्रका कार्यकारी निर्देशक पौडेलको भनाइ छ । अहिले निजी विद्यालयका पुस्तकभन्दा झन्डै आधा सस्तो हुने उनको दाबी छ ।

पहिलो चरणमा ३ कक्षासम्म रंगीन

शिक्षा विभागले चार रङ प्रयोग गरेर पुस्तक तयार पार्नका लागि बजेट तर्जुमा गर्दै छ । विभागका निर्देशक वैकुण्ठ अर्यालले ३ कक्षासम्मका लागि चार रङ राखेर छपाउन पुग्ने गरी बजेट छुट्याउने बताए ।

अहिले ३ कक्षासम्म दुई रङ राखेर र त्योभन्दा माथि एउटै रङमा पुस्तक छपाइ भइरहेको छ । अब भने ३ कक्षासम्म चार रङ राखेर पुस्तक छपाइ हुनेछ । निर्देशक अर्यालले चार रङ प्रयोगले निजी विद्यालयका विद्यार्थीले पढ्ने पुस्तकसँग एकरूपता हुने र बालबालिकाले पढाइमा रुचि राख्ने बताए । चार रङमा छपाइ गर्दा वस्तु वा सामग्रीको तस्बिरको पनि वास्तविक रङ देखिने हुनाले बालबालिकाको बुझाइलाई सरलीकृत गर्ने अर्यालको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?