Comments Add Comment

केटीहरु यसकारण खोज्दछन् धनी लोग्ने

a girl
भनिन्छ प्रेममा पैसा तथा मानिसको हैसियतले कुनै प्रभाव पार्दैन । तर जब बिहेको कुरा आउँदछ यी सबै चिजहरु मुख्य बनेर खडा हुन्छन् । अझ महिलाहरुको मामिलामा प्रायः भन्ने गरिन्छ की उनीहरु प्रेम तथा बिहेको कुरालाई लिएर निकै गम्भीर हुन्छन् र विभिन्न कुराहरुलाई ध्यानमा राख्दछन् ।

विभिन्न अध्ययनहरुले के देखाएका छन् भने महिलाहरु यस्तो जिवनसाथीको खोजीमा हुन्छन् जो सँग पर्याप्त धनसम्पत्ति हुन्छ र जिवन व्यवस्थित हुन्छ । कतिपय अवस्थामा यस्तो सोँच्नु ठिक ठहर्छ तर विशेषज्ञहरुका अनुसार यस्ता महिलाहरुले आफ्नो सम्बन्धलाई लामो समयसम्म सम्हाल्न सक्दैनन् । यदि तपाइँकी पार्टनरले पनि तपाइँलाई भन्दा तपाइँको धनसम्पत्तिलाई बढि प्रेम गर्छिन् भन्ने थाहा पाउनुहोस् यी महत्वपूर्ण कुरा:

· केही महिलाहरु आफ्नो स्टाटस अर्थात हैसियत माथि उठाउनका लागि तथा अरुहरुको बीचमा आफ्नो शाख मजबूत बनाउनका लागि पनि धनी तथा पैसावाल केटासँग बिहे गर्न मन पराउँदछन् ।

· कहिलेकाहीँ आर्थिक रुपमा मजबूत हुनका लागि पनि केटीहरु धनी केटासँग बिहे गर्न चाहन्छन् चाहे केटा कम पढेलेखेकै किन नहोस् ।

· विलाशी स्वभावका महिलाहरु आफ्नो जिवनमा कुनैपनि दुख नपाइयोस् भन्ने चाहन्छन् । सोही कारण उनीहरुले एउटा यस्तो जिवनसाथी खोज्दछन् जसले उनीहरुलाई संसारका सारा सुख दिन सकून् ।

· आफ्नो भविष्यलाई सुरक्षित तथा सुखी बनाउने सोँच राख्ने महिलाहरुलाई थाहा हुन्छ की यदि उनी कुनै धनी घरानामा बेहुली बनेर गइन् भने सम्पत्तिको ठूलो हिस्सा उनकै हुनेछ ।

· कहिलेकाहीँ निकै दुख तथा गरिबीमा हुर्किए बढेका महिलाहरु पनि सुखी तथा आरामपूर्ण जिन्दगीको खोजीमा हुन्छन् र यस्तोमा धनी लोग्नेको सपना देख्न थाल्दछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment