Comments Add Comment

थरुहटद्वारा आन्दोलनको घोषणा, जेठमा एकदिने आमहडताल

२१ वैशाख, काठमाडौं । थरुहट प्रदेशको माग गर्दै आन्दोलन गर्दै आएको थारुहट/थारुवान संघर्ष समितिले वैशाख २४ गतेबाट आन्दोलन गर्ने घोषणा गरेको छ ।

Tharuhatथरुहट संघर्ष समितिले मंगलबार पत्रकार सम्मेलन गरेर विरोधसभादेखि आमहडतालसम्मका आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रमहरुमा वैशाख २४ गते सम्पूर्ण जिल्लामा थारुजातीय संगठनहरुवीच सर्वपक्षीय बैठक गर्ने, २५ गते महोत्तरी, सर्लाही, रौतहत, २६ गते बारा र पर्सा, २७ गते झापा, मोरङ, सुनसरी, २८ गते सप्तरी, सिराहा, उदयपुर, २९ गते रुपन्देही, कपिलवस्तु, ३० गते बर्दिया, ३१ गते कैलाली, चितवन, नवलपरासी, जेठ १ गते कञ्चनपुर, दाङमा विरोधसभा गर्ने छन । यस्तै जेठ १ गते मशाल जुलुस गर्ने र जेठ २ गते थारुहट जिल्लामा आमहडताल गर्ने उसले बताएको छ ।

आफ्नो सातबुँदे सर्त र १३ बुँदे राजनीति मागमा नौ महिनासम्म छलफल हुन सकेको भन्दै थारुहट बाध्य भएर आन्दोलनमा जानु परेको दाबी गरेको छ ।

पत्रकार सम्मेलनमा नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले राजनीतिक दलहरुमा श्रीपेच विनाका राजाहरुको जन्म भएको टिप्पणी गरे ।

थारु कल्याणकारी सभाका उपाध्यक्ष प्रेमिलाल चौधरीले अबको आन्दोलन शसक्त हुने बताए । थरुहट तराई पार्टी नेपालकी सांसद गंगा चौधरीले सबै पक्षसँग सहकार्य बनाएर आन्दोलनलाई शसक्त बनाउने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment