लन्डन । जनस्वास्थ्यकी एक जना लेक्चरर डा. प्रियम्वडा पौडेलले लन्डन म्याराथनमा दौडेर नेपालको विद्यालयलाई आर्थिक संकलन गरेकी छिन् । गत २४ अप्रिल आइतबार आयोजित लन्डन म्याराथनमा भाग लिएर युनिभर्सिटी अफ ससेक्सकी लेक्चरर पौडेलले १९५५ पाउण्ड संकलन गरेकी हुन् । गिफ्ट एड जोडेर संकलित रकम करिब तीन लाख तीनहजार ४५५ रुपैयाँ हुन्छ ।
संकलित रकम गुल्मी जिल्लाको मालागिरी स्कुललाई पठाइने पौडेलले जनाइन् ।
प्रियम्वडाले २६ दशमलव २ माइल दुरीको लन्डन म्याराथन ४ घण्टा ५९ मिनेटमा पुरा गरेकी थिइन् । उनले सहयोगदाता सबैप्रति आभार व्यक्त गरेकी छिन् । यसअघि उनले ब्राइटन म्याराथन २०१४ मा दौडेर हेल्प नेपाल नेटवर्कका लागि आर्थिक सहयोग गरेकी थिइन् ।
उनी ससेक्स युनिभर्सिटीको एमएस्सी पब्लिक हेल्थ विषयकी कोर्स लिडर पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4