+
+
Shares

जेठको तेस्रो साता सम्म नेपाल लगायत एसियाका मुलुकमा खडेरी

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २२ गते ५:४७

२२ वैशाख, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी जेठ तेस्रो सातासम्म नेपाल लगायत एसियाका अधिकांश मुलुकमा खडेरी कायम रहेने जनाएको छ ।

khaderiविभागका मोसमविद् समीर श्रेष्ठका अनुसार प्रशान्त महासागरमा बनेको निन्यो नामक मौसमी प्रणलीले गर्दा पानी कम पर्ने र तापक्रम उच्च हुन गई खडेरीको अवस्था रहेने आजको अन्नपूर्णले जनाएको छ ।

आगामी जेठ १८ देखि २५ गतेसम्म् यो अवस्थाको अन्त्य हुने अनुमानछ, श्रेष्ठले भने ।

गत फागनु चैतदेखि नै पूर्वमनसुन सुरु भए पनि प्रशान्त महासागरेको नयाँ मौसमी प्रणलीले गर्दा पानी पर्ने कार्य सत्रि,य हुन नसकेको उनले बताए ।

श्रैष्ठले मंगलबार पश्चिमी पहाडी क्षेत्रबाट मेघगर्जनसहित हल्का वर्ष सुरु भएको र उपत्यकालगायतका पूर्वी क्षेत्रमा बुधबारसम्म सामान्य पानी पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?