Comments Add Comment

एभरेष्ट बैंकले अमेरिकामा पनि रेमिटान्स सेवा सुरु गर्‍यो

Everest bank2२२ वैशाख, काठमाडौं । एभरेष्ट बैंकले अब संयुक्त राज्य अमेरिकाबाट जुम कर्पोरेशनसँगको साझेदारीमा डिजिटल मनी ट्रान्सफर (रेमिटान्स) सेवामार्फत नेपालका विभिन्न ठाउँहरुमा द्रुत गतिमा सुरक्षित रुपले रेमिट्यान्स भित्र्याउने कार्यको सुरुवात गरेकोछ ।

बैंकले नेपालका विभिन्न ठाउँहरुमा द्रुत गतिमा सुरक्षितरुपले रेमिट्यान्स भित्र्याउँदै आएको छ । यसरी आफ्ना ग्राहकहरुलाई सेवा पुर्याउने प्रतिवद्घतालाई अझ विस्तार गर्दै जाने क्रममा कर्पोरेशनसँगको सहकार्य गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत ए.के.अहलुवालियाले बताए ।

सम्झौताअनुसार रेमिटान्स पठाउन चाहने ग्राहकहरुले अमेरिकी डलर १००० पठाए वापत जम्मा अमेरिकी डलर ४.९९ शुल्क संयुक्त साझेदारलाई बुझाउनु पर्नेछ । यसरी पठाएको रकम अमेरिकी बैंक खाता मार्फत पठाएमा अमेरिकी डलर १००० भन्दा माथिको रकममा शुल्क नलाग्ने बताइएको छ ।

कर्पोरेशन अमेरिकाको प्रमुख डिजिटल मनी ट्रान्सफर कम्पनी हो जसले पैसा पठाउन, बील भुक्तानी तथा परिवार तथा आफन्तको मोबाईलको रिचार्ज वापतको भुक्तानी गर्न मोबाईल फोन, ट्यावलेेट वा कम्प्यूटर मार्फत सुरक्षित, द्रुत र शुलभ तरिकाले सेवा प्रवाह गर्दै आएकोछ ।

बैंकले देशभर रहेका ६१ शाखा, ५ एक्स्टेन्सन काउण्टर, २४ राजश्व संकलन काउण्टर र ८४ एटिएम मेसिनका साथै देश विदेशमा रहेका ६०० सयभन्दा बढी प्रतिनिधिहरु मार्फत आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएकोछ ।
एभरेष्ट बैंकले अमेरिकामा पनि रेमिटान्स सेवा सुरु गर्‍यो

२२ वैशाख, काठमाडौं । एभरेष्ट बैंकले अब संयुक्त राज्य अमेरिकाबाट जुम कर्पोरेशनसँगको साझेदारीमा डिजिटल मनी ट्रान्सफर -रेमिटान्स) सेवामार्फत नेपालका विभिन्न ठाउँहरुमा द्रुत गतिमा सुरक्षित रुपले रेमिट्यान्स भित्र्याउने कार्यको सुरुवात गरेकोछ ।

बैंकले नेपालका विभिन्न ठाउँहरुमा द्रुत गतिमा सुरक्षितरुपले रेमिट्यान्स भित्र्याउँदै आएको छ । यसरी आफ्ना ग्राहकहरुलाई सेवा पुर्याउने प्रतिवद्घतालाई अझ विस्तार गर्दै जाने क्रममा कर्पोरेशनसँगको सहकार्य गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत ए.के.अहलुवालियाले बताए ।

सम्झौताअनुसार रेमिटान्स पठाउन चाहने ग्राहकहरुले अमेरिकी डलर १००० पठाए वापत जम्मा अमेरिकी डलर ४.९९ शुल्क संयुक्त साझेदारलाई बुझाउनु पर्नेछ । यसरी पठाएको रकम अमेरिकी बैंक खाता मार्फत पठाएमा अमेरिकी डलर १००० भन्दा माथिको रकममा शुल्क नलाग्ने बताइएको छ ।

कर्पोरेशन अमेरिकाको प्रमुख डिजिटल मनी ट्रान्सफर कम्पनी हो जसले पैसा पठाउन, बील भुक्तानी तथा परिवार तथा आफन्तको मोबाईलको रिचार्ज वापतको भुक्तानी गर्न मोबाईल फोन, ट्यावलेेट वा कम्प्यूटर मार्फत सुरक्षित, द्रुत र शुलभ तरिकाले सेवा प्रवाह गर्दै आएकोछ ।

बैंकले देशभर रहेका ६१ शाखा, ५ एक्स्टेन्सन काउण्टर, २४ राजश्व संकलन काउण्टर र ८४ एटिएम मेसिनका साथै देश विदेशमा रहेका ६०० सयभन्दा बढी प्रतिनिधिहरु म्ाार्फत आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment