२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नहुने स्पष्ट पारेका छन् । सरकारले संसद विघटन गर्न लागेको भन्ने हल्लाको आधार नभएको उनले बताए ।
बिहीबार संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विचार विमर्श भएको कुरालाई संसद विघटन गर्न लागिएको भनेर हल्ला फैलाइएको गुनासो गरे ।
ओलीले भने, ‘नयाँ छलफल हुँदा, बिचार विमर्श हुँदा पनि हल्लाको आधार बनाएको देखियो । त्यसप्रकारको सोच छैन, संसद बिघटन हुँदैन । हामी संसदको अभ्यासबाट अघि बढ्छौं । सरकार निष्फिक्री छ । सरकार त्यसकारण सरल छ ।’
ओलीले संसदमा सम्बोधन गर्दा प्रमुख सत्ता साझेदार दल एमाओवादी अध्यक्ष प्रचण्ड भने अनुपस्थित छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने संसद बैठकमा सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4