+
+
Shares

नेपालको राजनीतिक घटनाक्रम नजिकबाट हेरिरहेका छौंः भारत

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २४ गते ६:४१

Nepal- India_flag२४ वैशाख, काठमाडौं । छिमेकी भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आफूले नजिकबाट नियालीरहेको बताएको छ ।

नेपालमा सरकार परिवर्तनबारे भइरहेकेा कसरतबारे सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बिहीबार पत्रकारसँग भने, ‘यो नेपालको आन्तरिक मामला हो । मैले टिप्पणी गर्नु उपयुक्त हुँदैन । तर नेपालको निकट मित्र भएकाले हामीले नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं ।’ आजको अन्नपूर्णमा समाचार छ ।

एनेकपा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनेबारे बुधबार कांग्रेस र एमाओवादीबीच नयाँ सत्ता गठबन्धनको समझदारी भए पनि नाटकीय रुपमा बिहीबार सरकार परिवर्तनको विषयबाट एमाओवादी पछि हटेको सन्दर्भमा भारतीय पत्रकारले राखेको प्रश्नमा प्रवक्ता स्वरुपले त्यस्तो बताएका हुन् ।

उनले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भारतीय प्रधानमन्नत्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने विषयमा कुनै तयारी नरहेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?