+
+
Shares

रुख ढलेर थिच्दा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २५ गते ९:५३

२५ वैशाख, तनहुँ । शुक्रबार साँझ  आएको हावाहुरीले रुख ढाल्दा पृथ्वीराजमार्गमा गुडिरहेको एक मोटरसाइकलका चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिल्लाको आँबुखैरेनी नगरपालिका–१ निवासी ३१ वर्षीय सोमबहादुर गुरुङ रहेका छन् ।

Byke-Accidentडुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१० प ८२६५ नम्बरको मोटरसाइकललाई तनहुँको बन्दिपुर नगरपालिका–६ नयाँ पुलमा अचानक रुख ढलेर थिच्दा गुरुङ सख्त घाइते भएका थिए ।

सख्त घाइते भएका गुरुङको डुम्रेस्थित लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि पोखरा मणिपाल अस्पतालमा लैजाँदै गर्दा शुक्रबार राति ११ः३० बजेको समयमा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार आँबुखैरेनी नगरपालिका–१ निवासी वर्ष ३० का पारस गुरुङ सख्त घाइते भएका छन् । घाइते गुरुङको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?