२६ वैशाख, काठमाडौं । एमाओवादी पार्टीसँगै सांसद पद पनि परित्याग गरेका डा. बाबुराम भट्टराई आइतबार पहिलोपटक संसद भवन प्रवेश गर्दैछन् ।

पूर्व प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. भट्टराई सरकारको नीति तथा कार्यक्रम प्रत्यक्ष सुन्न संसद जान लागेका हुन् ।
राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्बजनिक गर्दैछिन् । भट्टराईले नीति तथा कार्यक्रममा भएका राम्रा कुराहरुको समर्थन गर्ने पनि बताएका छन् ।
नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘लामो समयपछि संसद जाँदैछु राष्ट्रपतिज्यूको सम्बोधन प्रत्यक्ष सुन्न । जनउत्तरदायी/अग्रगामी नीति-कार्यक्रम आओस् । राम्रा कुराको हामी समर्थन गर्छौं ।’
लामो समयपछि संसद जाँदैछु राष्ट्रपतिज्यूको संवोधन प्रत्यक्ष सुन्न!जनउत्तरदायी/ अग्रगामी नीति-कार्यक्रम आओस्!राम्रा कुराको हामी समर्थन गर्छौं!
— Baburam Bhattarai (@brb_laaldhwoj) May 8, 2016
प्रतिक्रिया 4