Comments Add Comment

बाल्यकालमा आमाले तनाव दिँदा बच्चाको भावी यौनजिवनमा असर

mother_childबाल्यकालमा भोग्ने तनावको मानसिक असरले बच्चाको पूरै जिवनलाई नै प्रभावित गर्छ भन्ने कुरा थाहै छ ।

तर पछिल्लोपटक भएको एक अध्ययनले भने बाल्यकालको तनावले केवल बच्चामा मानसिक असर मात्र होइन उसको भावी यौन जिवनमा पनि असर पार्ने देखाएको छ ।

शोधकर्ताहरुका अनुसार बाल्यकालमा आमासँगको तनावपूर्ण सम्बन्धको असरले मानिस ठूलो भएपछि उसको यौन जिवनलाई नकारात्मक रुपमा प्रभावित गर्दछ । जसका कारण व्यक्तिमा यौन जिवनलाई लिएर विभिन्न खालका समस्याहरुले डेरा जमाउँदछन् ।

चेक गणतन्त्रको प्रागस्थित चाल्र्स विश्वविद्यालयका शोधकर्ताहरुले हालै एक सर्भे गरे । जसमा १५ देखि ८८ वर्ष उमेरका ९६० जना पुरुषको यौनिक आनीबानीका बारेमा विभिन्न खाले प्रश्न सोधिएको थियो । साथै उनीहरुको सक्रियता तथा जिम्मेवारीका विषयमा पनि सोधिएको थियो ।

त्यसका साथै उनीहरुलाई यो पनि सोधिएको थियो की आफ्नी आमासँगै उनीहरुको कस्तो सम्बन्ध थियो र कुन उमेरमा उनीहरुको कुनै केटीसँग प्रेम बसेको थियो ?

यावत् प्रश्नहरुमा पाएको जवाफको विश्लेषणको आधारमा शोधकर्ताहरुले निष्कर्ष निकालेका छन् की आमासँगको बाल्यकालको सम्बन्ध र उसको यौन जिवनबीच गहिरो सम्बन्ध छ ।

बाल्यकालमा मानसिक आघात झेल्नेहरुको मानसिक स्तर निकै धेरै प्रभावित हुने गरेको पाइएको छ । साथै उनीहरुका अंगहरुको विकाश पनि सामान्य बच्चाहरुमा भन्दा कम हुने गरेको पाइएको छ ।

शोधले अर्को अनौठो तथ्य पनि बाहिर ल्याएको छ । जस अनुसार जो मानिसहरु आफ्नी प्रेमिकालाई आइ लभ यु भन्न हिच्किचाउँछन् उनीहरु यौन सम्पर्कका बेला पनि हिच्किचाउँछन् ।  यो शोध प्रतिवेदन सेक्सुअल मेडिसिन जर्नलमा प्रकाशित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment